व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका गुल्मीका जनक

  • चैत १०, २०७७
  • ७८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 दिपेन्द्र खत्री १० चैत्र गुल्मी । घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –१ नयाँगाँउस्थित खालका ६८ बषिर्य जनक बहादुर खत्रीको दिनचर्या हो । उहाँले मौरीको मह बचेर नै बार्षिक लाखौं आम्दानी गर्नुहुन्छ । उमेरले ६८ बर्ष पुग्नुभएका जनकबहादुर खत्री, परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्नुभएको छ । विगत पाचँ बर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक खत्रीले मह उत्पादन गरेर बार्षिक लाखै रुपैया आम्दानी गर्दै आउनुभएको छ । ४ जनाको परिवार सजिलै चलाउनुभएको छ भने बृद्ध अवस्थामा पनि अरुको मुख ताक्नु परेको छैन । घरमा अहिले सेरेना जातको ५२ वटा मौरीका घार छन्् । मौरीले राम्रै फाइदा दिदाँ खत्री पनि दंग हुनुुहन्छ । उहाँले वर्षमा दुई पटक मह निकाल्ने गर्नुहुन्छ । २०६९ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थाल्नुभएका कृषक खत्रीको मुख्य आम्दानीको श्रोत नै यहि हो । स्थानिय सरकारको सहयोगमा व्यवसाय शुरु गर्नुभएका खत्रीले व्यावसायलाई अझै बढाउने योजना बनाउनुभएको छ । उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै १२ सय रुपैयामा विक्रि हुन्छ । गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट पनि ग्राहक घरमै आएर मह लैजाने गरेका छन् । प्रदेश र स्थानिय सरकारको सहयोगमा तालिम लिएपछि खत्रीे मौरीपालनमा लाग्नुभएको हो । उहाँले मह मात्र बेच्नुहुन्न मौरीको घार र गोला समेत विक्रि गर्नुहुन्छ । सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष कमल थापाले बताउनुभयो । वडा भित्र मौरीपालन गर्नेहरुको लागी वडाबाट आबश्यक सामाग्री उपलब्ध गराएको समेत बताउनुभयो । मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगले मौरी पाल्ने गरेका छन । यसका लागी मौरी पालनको आबश्यक तालिम संचालन गर्नुपर्ने देखिन्छ । भने यी बृद्धाको कामबाट अन्य युवाहरुले पनि पाठ सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...