पाण्डेयको मृत्युको कारण खुल्न सकेन

  • चैत १०, २०७७
  • ५७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमाअर पान्डेय, कपिलवस्तु  चैत । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का अन्दाजी २५ वर्षिय संजय पाण्डेय भन्ने सर्वेश पाण्डेयको मृत्यूको मुख्य कारण अहिले पनि खुल्न सकेको छैन् । शनिबार राती १०ः५५ बजे शुद्धोधन गाउँपालिका वडा नंं ४ मोतीबारीको सडकमा घाइते अवस्थामा पाण्डेयलाई प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राती ११ः४० बजे कपिलवस्तुको जिल्ला अस्पताल तौलिहवामा पु¥याइएको थियो । उनलाई अस्पतालका डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षणपछि राती ११ः५५ मा मृत घोषणा गरिको थियो । प्राविधिक अनुसनधानले उनले अधिक मात्रामा मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । पाण्डेयको केही परिवार भारतको मुम्बई शहरमा बस्दै आएका छन् । उनका दाई महेश्वर पाण्डेयले ‘भाईको मृत्यूको खबरले मलाई बेहोस अवस्था बनाएको’ रुँदै भने । महेश्वरका अनुसार मृतक सर्वेशले बजारबाट मासु खरीद गरी साँझ घरमा राखी लबनी चोकमा पुगेर आउँछु भनेर घरबाट हिंडेका थिए । उनका अनुसार उनकै टोल दोहनी घर भएका एकजनाको रेष्टुरेन्ट पसलमा पसलेसंगै गएका थिए र आमाले भिडियो कल गर्दा पनि रातीसम्म उनीसंगै बसेका थिए । आमाले त्यो पसलेलाई मेरो बाबुलाई घरसम्म पु¥याउन भनेपछि सर्बेशलाई घरसम्म पु¥याउने जिम्मा लिएको तर चोकबाटै मेरो भाईलाई एक्ले पठाए जस्तो लागेको महेश्वरको भनाइ छ । उनी भन्छन ‘जुन पोलमा ठोक्किएको कुरा भनिएको छ त्यसमा कुनै किसिमको रगत नलागेको तर मेरो भाईलाई सुताइएको ठाउँमा मात्र रगत हुनु भाइको हत्या भएको शंका रहेको छ ।’ भाईको शरीरको घाउ हेर्दा कतै अन्य ठाउँमा मारेर हत्यालाई दुर्घटना बनाउन सडमा रहेको पोल नजिकै ल्याएर राखिएको जस्तो छ, उनले भने । महेश्वरले भन्दछन ‘मेरै टोलको सुरेन्द्र शुक्ल र महेन्द्र शुक्लसंग भाईको घटनाको २ दिन अगाडी झगडा परेको थियो उनीहरुले घरमै पुगेर मेरो भाईलाई पिटेका थिए । उनीहरुले भाईलाई एक–दुई दिनमा गायब गर्ने धम्की समेत दिएका थिए ।’ मृतकको परिवारले घटनाबारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अहिले यो घटना दुर्घटना जस्तो देखिएको छ । मृतकले घटना अघि धेरैजना संग फोन, एसएमएस, ह्वाटसप लगायत विभिन्न सामाजिक संजालमार्फत कुरा गरेका छन् । मृतकको मोबाइल फोनलाई जाँचबुझ गरी घटना अघि उनका सम्पर्कमा आएका व्यक्तिहरुसंग सोधपुछ गरिने प्रहरीले जनाएको छ । घटनाको मुख्य कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जिप्रका कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...