सांसद दासको प्रत्यक्ष उपस्थितिमा गराईयो गरिबलाई उठिबास

  • चैत १०, २०७७
  • १७९४ पटक पढिएको
  • प्रदेश टाईम्स
alt

प्रदेश टाईम्स १० चैत्र सिरहा ।आफुहरु बिगत तिन पुस्ता देखि बस्दै आएको घर, प्रतिनिधि सभा सदस्य सांसद सुरेश चन्द्र दास यादवको प्रत्यक्ष उपस्थितीमा, गुण्डा गर्दी शैलिमा लुटपिट गर्दै घर तोडफोड गरि लगेको औरही ५ का राज कुमार सिहंले जनाएका छन ।सिरहाको औरही ५ बस्ने पिडित राजकुमार सिहं दनुवारले सांसद दासको शैलि बिरुद पत्रकार सम्मेलन गर्दै हाल आफु र आफ्ना परिवार उठिबासको अबस्थामा रहेको जनाएका हुन ।

पिडित सिहलें आज मंगलबार सिरहामा पत्रकार सम्मेलन गर्दै भने यो सांसद दासको गुण्डा शैलि हो दासको यस गलत कदम बिरुद आफु हरेक सरोकारबला निकायलाई कार्यवाहीको लागि गुहार गरिसकेको जनाएका हुन ।सिरहाको औरही गाउँपालिका वडा न.५ बस्ने राज कुमार सिहंले आफुहरु बिरुद सांसद दासले गुण्डा शैलिमा गाउँकै सतर÷ असि जना युवाहरुलाई मदिरा सेवन गराई बल जवरजस्ती कुटपिट समेत गरेको आरोप लगाए । पिडितले भने नेता दास भन्दा पनि आफु पहिलाको पार्टी माओवादि कार्यकर्ता हुँ। तर पनि पछिल्लो समय यस पार्टिमा भित्रिएका नेता दासले आफुलाई उठिबासको अबस्था सृजना गरिदिएको लगायत पार्टीले पनि समस्या सुल्झाउन कुनै पहल नगरिरहेको प्रति आपति जानाए । पिडित सिहंका अनुसार आफुले नेता दास यादवले चुनाव लडेको बेला सोह्र लाख पन्ध्र हजार नगद पछि दिने शर्तमा सघाएको तर चुनाव जितेपछि मानसिकता परिर्वतन गदै पुरानै परम्परामा गएको पैसा नदिरहेको अबस्थालाई सम्मेलनमा प्रष्टयाँए ।

उता साँसद सुरेश चन्द्र दासले प्रदेश टाइम्स दैनिक संग कुराकानि गर्दै भने यस बिबादित घरजग्गामा कसैको हक भोग नरहेको यो पहिला देखि नै आफ्नो भोगमा छ। जग्गाको नापि बिबिाद प्रसँगमा भने २०७३ मा नापि भएको बेला आफु काठमान्डौ रहेको र त्यसमा आफनो कुनै कसैसंग जबरजस्ती नरहेको जनाए ।तर हालका पिडित र त्यस समयका नापि प्रमुखका अनुसार नेता दासले आफ्नो नाममा धम्कीका साथ नापि दर्ता गराएको दाबि गरेका हुन । नेताले नै जनताको घर उठिबास गर्यौ भने न्यायको बाटो कस्ले देखाउने ?

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...